मन्त्री माया भट्टले दिइन् ज्यान मार्ने धम्की


 


धनगढी चैत्र ९

सुदूर पश्चिम प्रदेश सरकारको उद्योग,पर्यटन, वन,वातावरण मन्त्री माया भट्टले ज्यान मार्ने धम्की दिएको खुलासा भएको छ । सोही मन्त्रालयका सचिव डा. दीपक खरालले सुरक्षाको माग गर्दै प्रमुख सचिव समक्ष निवेदन दिएपछि सो कुरा बाहिर आएको हो ।

सचिव खरालले बिहीवार साँझ सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव समक्ष सुरक्षाको माग गर्दै मन्त्री भट्ट बिरुद्ध उजुरी दिएका हुन् । आफूसंग अपमानजनक व्यवहार गरेको समेत सचिव खरालले निवेदनमा उल्लेख गरेका छन् ।

एक साताअघि अवकाश पाएका प्रमुख सचिव बालकृष्ण घिमिरेको स्थानमा नयाँ प्रमुख सचिव आएका छैनन । घिमिरेले अवकाश पाएपछि अर्जुन पोखरेलले निमित्त प्रमुख सचिवको जिम्मेवारी पाएका थिए ।

पोखरेल पनि विदामा काठमाण्डौं गएपछि किशोर कुमार चौधरी यतिबेला निमित्त सचिव छन् । प्रमुख सचिव समक्ष सचिव खरालले सुरक्षाको माग गर्दै दिएको निवेदन जिल्ला प्रशासन कार्यालय कैलालीलाई बोधार्थ दिईएको छ ।

प्रकाशित मिति: ९ चैत्र २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्