बलात्कारको आरोप लागेका नेकपा सचेतक रावल ५ लाख धरौटीमा रिहा



धनगढी,चैत्र १०

बलात्कार प्रयासको आरोप लागेका प्रदेश सभा सदस्य तथा नेकपा सुदूरपश्चिमका सचेतक अक्कलबहादुर रावल ५ लाख धरौटीमा रिहा भएका छन ।

जिल्ला अदालत कैलालीका सूचना अधिकारी नरबहादुर नेगीका अनुसार जिल्ला न्यायाधिस जयानन्द पनेरुको ईजलासले उनलाई ५ लाख धरौटीमा छोड्न आदेश भएकोमा रावल धरौटी बुझाएर छुटेका हुन्।

रावलविरुद्ध धनगढीकी एक विवाहित महिलाले बलात्कार प्रयासको उजुरी दिएकी थिइन्। महिलाको उजुरीपछि प्रहरीले अदालतबाट १५ फागुनमा पक्राउको अनुमति पाएको थियो। २१ फागुनमा रावल आफैं प्रहरी कार्यालयमा उपस्थित भएका थिए।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News