Deshko News
१४ आश्विन २०८०, आइतबार

नदीमा डुबेर दुई जनाको मृत्यु



काठमाडौं, भदौ ३१

सप्तरी र कैलालीमा दुई दिनमा नदीमा डुवेर २ जनाको मृत्यु भएको छ भने १ जना बेपक्ता भएका छन् । सप्तरीको कंचनरुप नगरपालिका–२ बरमझियाका बोना सरदारको १८ महिनाको छोरा करण सदाको घर नजिकै रहेको पुलमा खेल्ने क्रममा पुलबाट खसेर पुल मुनि जमेको पानीमा डुबेर मृत्यु भएको छ ।

यस्तै कैलालीको मसुरिया–८, ऐठाखोलामा नुहाउने क्रममा स्थानीय जोखन चौधरीका १० वर्षीय छोरा अमृत चौधरी खोलामा डुबेर बेपत्ता भएकोमा घटनास्थलदेखि करीब ७ सय मिटर तल उनी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । यसैगरी अत्तरिया–११ श्रीलंका टोल नजिक महना नदीमा नुहाउन गएका कोटातुल्सीपुर गाबिस जगतपुरका र ससुराली घरमा बस्दै आएका २४ वर्षीय सुरज चौधरी नदीमा डुबेर बेपत्ता भएका छन् ।

प्रकाशित मिति: ३१ भाद्र २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News