भोजपुर क्याम्पस प्रमुखमा श्रेष्ठ



rohit-shresthaभोजपुर, भदौ ३१

भोजपुर बहुुमुखी क्याम्पसको प्रमुखमा डा. रोहित कुमार श्रेष्ठ नियुक्त भएका छन् । करिब चार महिना क्याम्पस प्रखुम विहिन बनेको भोजपुर क्याम्पसले उप–प्राध्यापक श्रेष्ठलाई पाएको हो ।

श्रेष्ठले विहिवारबाट क्याम्पस प्रमुखको पदभार ग्रहण गरेका छन् । गत बैशाख २७ गते तत्कालीन क्याम्पस प्रमुख हेमन्त राईको चार वर्षे कार्यकाल समाप्त भएसंगै क्याम्पस प्रमुख पद रिक्त थियो ।

बीचमा तीन महिनाको लागि निमित्त क्याम्पस प्रमुखको रुपमा शिक्षण सहायक निमा शेर्पालाई जिम्मेवारी दिइएको थियो । डा. श्रेष्ठ २०५५ सालमा भोजपुर क्याम्पसबाटै सेवा प्रवेश गरेका थिए । उनि २०६६ सालमा काठमाडौको पद्यकन्या क्याम्पसमा सरुवा भएका थिए ।

यस अघि उनि २०६२ बैशाख ३ गतेदेखि २०६४ पौष ८ गतेसम्म भोजपुर क्याम्पसको सहायक क्याम्पस प्रमुखको जिम्मेवारी सम्हालेका थिए । श्रेष्ठ व्यवस्थापन संकाय अन्तरगत उपप्राध्यापक हुन् ।

श्रेष्ठको भोजपुर नगरपालिका वडा नं. १० टक्सारकाद हुन् । पदभार ग्रहण कार्यक्रममा बोल्दै उनले क्याम्पसलाई शैक्षिक एवं प्रशासनीक रुपमा गति प्रदान गर्न सबै विचार समूह, विद्यार्थी र कर्मचारीहरुसंगको समन्वयमा नेतृत्व प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News