प्रदेश सांसदले गरे एक करोड सहयोगको घोषणा


 


लहान, चैत १८
कोरोना भाइरस कोभिड–१९ं को सम्भावित जोखम रोकथाम र नियन्त्रण गर्न नेकपाका नेता तथा प्रदेश २ का प्रदेशसभा सदस्य दिलीप साहले रु एक करोड रकम प्रदान गर्ने जानकारी दिनुभएको छ ।

कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रदेश २ सरकारद्वारा स्थापित राहत कोषमा उहाँले निर्वाचन क्षेत्र विकास कोषबाट प्राप्त हुने सो रकम प्रदान गर्ने घोषणा गरेका छन् ।

यस्तै सिरहाको लहानका व्यापारीका केशव महतोले आफ्नो घरमा भाडा लिएर बसेका १० परिवारसँग चैत महिनाभरिको घर भाडा नलिने जानकारी दिनुभएको छ । लहान नगरपालिकाले स्थापना गरेको क्वारेन्टाइनलाई लहान नगरपालिका–४ स्थित विवेक इन्जिनीयरिङले दुईवटा फलामे जस्ताको श्यया उपलब्ध गराएको छ ।

सो नगरपालिका–११ पड्रिया विद्यालयमा नगरपालिकाले स्थापना गरेको १५ श्ययाको क्वारेन्टाइनका लागि सञ्चालक अभिषेक कर्णले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमनन्द भुसाल र लहान नगरपालिका स्वास्थ्य शाखाप्रमुख रामसुन्दर यादवलाई उक्त श्यया प्रदान गर्नुभयो ।

प्रकाशित मिति: १८ चैत्र २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्