गोलीप्रहार गरी एकको हत्या



धनकुटा,असोज १

धनकुटाको डाँडागाउँमा शुक्रबार राति गोलीप्रहार गरी एक व्यक्तिको हत्या भएको छ । डाँडागाउँ– १ बाटाखर्कका खड्गबहादुर गुरुङले गोलीप्रहार गरी धनकुटा नगरपालिका– १४ बेलहाराका ३२ वर्षीय प्रेम भण्डारीको हत्या गरेको प्रहरीले जनाएको छ ।

राति १२ बजे बुहारीको घरमा भण्डारीलाई भेटेपछि गुरुङले आवेगमा भरुवा बन्दुक प्रहार गरेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक विभूतिराज पाण्डेले जानकारी दिए । गोली प्रहारबाट भण्डारीको घटनास्थलमै मृत्यु भएको हो ।

मृतक भण्डारी ट्याक्टर चालक हुन । घटनापछि फरार भएका गुरुङलाई शनिबार बिहान पक्राउ गरी घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News