सुदूरपश्चिमका छ ठाउँमा सुपथ मूल्य पसल सञ्चालनमा


 


farwesterndevelopmentpnp

धनगढी, असोज १ नजिकिँदै गएको चाडपर्वमा जनतालाई राहत उपलब्ध गराउन सुदूरपश्चिमका छ ठाउँमा आजदेखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको छ ।

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड धनगढीले कैलालीको धनगढी र टीकापुर, कञ्चनपुरको भीमदत्तनगर, डोटीको दिपायल, डडेलधुरा र बैतडीको पाटनमा खाद्यान्न वस्तुको सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो ।

कर्पोरेसनको धनगढीस्थित कार्यालयका सहायक महाप्रबन्धक केशवप्रसाद पाण्डेले यी पसलबाट चिनी प्रतिकिलो रु ७९ र आयोडिनयुक्त नुन प्रति पाकेट रु १६ मा बिक्री वितरण गर्ने व्यवस्था मिलाइएको बताउनुभयो ।

सरकारको निर्णयअनुसार सञ्चालनमा ल्याइएका सुपथ मूल्य पसलहरु आगामी कात्तिक २१ सम्म सञ्चालन गरिने छ ।

सुपथ मूल्य पसल सञ्चालन भएसँगै तराईमा चिनीको हालको स्थानीय बजार मूल्य नियन्त्रण हुने र पहाडी जिल्लामा स्थानीय बजारको मूल्यभन्दा प्रतिकिलो रु ११ देखि २१ सम्म कम मूल्य पर्नेछ ।

भारतीय बजार क्षेत्रबाट भित्र्ने चिनी सुदूरपश्चिमका बजारमा खपत हुने गरेको छ ।

प्रकाशित मिति: १ आश्विन २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्