एप्पलले आईफोनको मूल्य २२ हजारसम्म घटायाे



एजेन्सी, असोज १

बजारमा प्रभाव घट्दै गएको एप्पलले आफ्नो आईफोनको बिक्रि बढाउन आईफोन ६को मूल्यमा ठूलो कटौती गरेको छ । भारतीय बजारमा मात्र यो आईफोन ६मा २२ हजार भारुले मूल्य कटौती गरेको हो ।

आफ्नो नयाँ आईफोन ७ सार्वजनिक गरेपछि पहिलेको मोडलमा एप्पलले मूल्य समायोजन गरेको हो। प्रतिस्पर्धी सामसुङका फोनहरु ब्याट्रीको समस्याले भकाभक बजारबाट फिर्ता हुँदै गर्दा एप्पले आफ्नो ठूलो बजार रहेको भारतमा मूल्य घटाएको छ।

भारतीय बजारमा घटेको पुराना मोडलको एप्पलका आइफोनले नेपाली बजारमा पनि प्रभाव पार्ने देखिन्छ। केही समयमा नेपाली बजारमा पनि आईफोनको मूल्य केही गिर्ने सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
प्रकाशक / सम्पादक :ध्रुव सुवेदी
     
           
facebook
© 2019 Deshko News