गोली हानेर डोटीमा महिलाको हत्या, श्रीमान पक्राउ


 



डोटी,चैत २४ ।

डोटीमा गोली प्रहार गरि एक महिलाको हत्या भएको छ । गोली प्रहारबाट जोरायल गाउँपालिका–देउथलाकी २० वर्षीया अनिता वनको ज्यान गएको हो ।

प्रहरीले अनुसन्धानका लागि उनका श्रीमान २२ वर्षीय खडक वनलाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका एसपी दिलिपसिँह देउवाका अनुसार अनिता र उनका श्रीमान मात्रै घरमा बस्दै आएका थिए। घटनाको अनुसन्धान भइरहेको एसपी देउवाले बताए ।

प्रकाशित मिति: २४ चैत्र २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्