हुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प



हुम्ला। हुम्लाको श्रीनगर आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ।

ष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज दिउँसो २ बजेर ३२ मिनेटमा ४.१ म्याग्निच्युडको भूकम्प गएको हो ।

केन्द्रका अनुसार अहिलेसम्म भूकम्पबाट कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन।

सामान्य कम्पन महसुस भए पनि विस्तृत विवरण आउन बाँकी छ।

यसअघि संखुवासभाको च्याम्ताङ आसपास केन्द्रबिन्दु भएर ४.० रेक्टर स्केलको भूकम्प गएको थियो ।

प्रकाशित मिति: ७ असार २०८३, आइतबार

प्रतिक्रिया दिनुहोस्