भारतमा २४ घन्टामा २८ जनाको मृत्यु, हालसम्म कतिले गुमाए ज्यान ?


 



काठमाडौं, चैत २५
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण भारतमा २४ घन्टामा २८ जनाको मृत्यु भएको छ। यो अवधिमा सात सय चार जना संक्रमित भएको छ।

हालसम्म १ सय ११ जनाको मृत्यु भएको स्वास्थ्य एवम परिवार कल्याण मन्त्रालयले जनाएको छ । त्यस्तै भारतमा हालसम्म ४ हजार २ सय ८१ जना कोरोनाबाट संक्रमित भएका छन् । तीन सय १८ जना कोरोनाको उपचारपछि निको भएका छन् ।

भारतमा कोरोना भाइरस संक्रमणको दर तीब्र रुपमा फैलिइरहेको छ। जसका कारण नेपालमा पनि कोरोना भाइरस संक्रमणको जोखिम बढेको छ।

प्रकाशित मिति: २५ चैत्र २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्