प्रधानमन्त्री बालेन्द्र शाहको व्यङ्ग्यात्मक स्टाटस: ‘मलाई पनि राजदूत बन्न मन छ, पीएमको नम्बर दिनुस् न’



काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमा आफूलाई राजदूत बन्ने इच्छा रहेको भन्दै व्यङ्ग्यात्मक स्टाटस लेखेका छन्।

शनिबार साँझ आफ्नो आधिकारिक सामाजिक सञ्जाल फेसबुक अकाउन्टमार्फत उनले आफूलाई पनि राजदूत बन्ने इच्छा रहेको भन्दै प्रधानमन्त्रीको नम्बर उपलब्ध गराइदिन भनेका हुन्।

उनले सामाजिक सञ्जालमा रोमन नेपालीमा लेखेका छन्, “मलाई पनि एम्बेसेडर बन्न मन छ, पीएमको नम्बर छ भने यसो दिनुस् नरु”

प्रधानमन्त्री शाहले यो स्टाटस कुन सन्दर्भलाई लिएर लेखेका हुन् भन्ने कुरा स्पष्ट रूपमा नखुलाए पनि सचिव कृष्णहरि पुष्करले राजदूत बनाइदिन अनुरोध गर्दै प्रधानमन्त्री शाहलाई पठाएको म्यासेजलाई व्यंग्य गरेका हुन् भन्ने अनुमान लगाउन सकिन्छ।

प्रधानमन्त्री शाहको उक्त पोस्टमा शिक्षामन्त्री सस्मित पोखरेलले “म्यासेज गर्दिमरु” भनी कमेन्ट गरेका छन् भने भिक्टर पौडेलले व्यङ्ग्य थप्दै “नाई फेरि उठाउन आउला पुलिस” भन्दै प्रतिक्रिया दिएका छन्।

बालेनको यो स्टाटस र त्यसमा आएका प्रतिक्रियाहरूले यतिबेला सामाजिक सञ्जालमा निकै चर्चा पाइरहेका छन्। सरकार प्रमुख तथा मन्त्री पदमा रहेकाहरूले यस्तो गैर जिम्मेवार अभिव्यक्ति दिन नहुने भन्दै धेरैले टिप्पणी गरेका छन्।

प्रकाशित मिति: २४ जेष्ठ २०८३, आइतबार

प्रतिक्रिया दिनुहोस्