मौसम पूर्वानुमान : केही स्थानमा मेघगर्जनसहित चट्याङ पर्ने सम्भावना


 



काठमाडौं, चैत २५
स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभावले आज देशका केही स्थानमा पानी पर्ने सम्भावना रहेको छ । देशको धेरैजसो स्थानको मौसम भने आज सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसोपछि देशका पहाडी भूभागमा आँशिक बदली भई केही स्थानमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको छ । अन्य स्थानको मौसम सफा रहने जनाइएको छ ।

त्यस्तै आज राति देशका पश्चिमी भूभागमा सामान्य बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रकाशित मिति: २५ चैत्र २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्