चीनको वुहानमा लगाइएको ‘लकडाउन’ खुल्यो, सामान्य बन्दै जनजीवन ?


 



काठमाडौं, चैत २६
कोरोना भाइरस (कोभिड–१९) फैलिएको चीनको सहर वुहानमा लगाइएको लकडाउन खुलेको छ।यहाँ ७६ दिनपछि लकडाउन खुलाइएको हो। गत जनवरी २३ देखि यो सहरलाई चीन सरकारले सिल्ड गरेको थियो ।
लकडाउन खुलेसङ्गै लेको छ। वुहानको जनजीवन सामान्य हुन थालेको छ। केही दिनयता चीनमा कोभिड–१९ संक्रमित बिरामीको संख्या शून्य हुँदै आएको छ।
यद्यपि,वुहानको अन्य प्रान्तसँगको बोर्डर भने केही दिनपछि मात्र खुला गरिनेछ। संक्रमण पूर्ण निर्मूल नहुन्जेलसम्म अझै पनि वुहानका केही स्थान र कार्यालयमा केही प्रतिबन्ध भने जारी राखिने जनाइएको छ।

१ करोड १० लाख जनसंख्या भएकोवुहानमा गत डिसेम्बरमा पहिलोपटक कोरोना भाइरसको संक्रमण देखिएको थियो।

बुधबारदेखि हुबेइ प्रान्तको राजधानी वुहान स्वस्थ नागरिक र आगन्तुकलाई अन्य प्रान्तमा जान अनुमति दिइएको छ। रेल, उडान र राजमार्ग पनि खुला राखिएको छ।

वुहान यातायात खुला राख्नुलाई कोभिड–१९ विरुद्ध चीनले गरेको कामको मुख्य उपलब्धिका रुपमा लिइएको छ।

प्रकाशित मिति: २६ चैत्र २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्