धेरै व्यक्तिको नमूना परीक्षण गर्न सक्ने आरटीपीसीआर मेसिन धनगढी पुग्यो


 


धनगढी,चैत २६ ।

कोरोना परक्षिण प्रयोगशालाका लागि अत्याधुनिक उपकरण ल्याएर काठमाडौँबाट उडेको नेपाली सेनाको स्काईट्रक धनगढी पुगेको छ।

नेपाल सेनाको स्काई ट्रकमा सरकारले आरटीपीसीआर मेसिन सहितसुदूरपश्चिमका लागि स्वास्थ्य सामग्रीहरु पठाएको हो ।

ती उपकरण जडान भए तीन घण्टामा ९६ जना र दिनमा चार सयको परीक्षण गर्न सकिने बताईएको छ।

पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वरमा रहेको आरटीपीसीआर मेसिनलाई धनगढीमा रहेको भेटनरिको प्रयोगशालामा आज स्थापना गर्ने लक्ष्य राखिएको छ।

अब यो नयाँ आरटीपीसीआर मेशिनले परीक्षण शुरू गरेपछि सुदूरपश्चिममा परीक्षण तीब्र हुने र त्यसबाट संक्रमति भएरनभएको पहिचान गर्न सहज हुनेछ ।

प्रकाशित मिति: २६ चैत्र २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्