हवाइ भाडा घट्याे (कहाँ जाँदा कति भाडा ? सूचिसहित)


 


काठमाडाैं, असाेज २

आन्तरिक वायुसेवा कम्पनीले हवाइ भाडा घटाएका छन् । नेपाल आयल निगमले हवाइ इन्धनको मूल्य घटाएपछि वायुसेवा सञ्चालक संघकाे बैठकले असोज ४ गते देखि लागू हुने गरी नयाँ हवाइ भाडादर तोकेको हो ।

अब काठमाडौंबाट सबैभन्दा नजिकको गन्तव्य सिमरामा प्रतियात्रु ५३ रुपैयाँ घटाइएको छ भने सबैभन्दा टाढाको गन्तव्य धनगढीमा १९३ रुपैयाँ घटाइएको छ । काठमाडौंबाट विहानमा हुँदै आएको माउन्टेन फ्लाइटको भाडा पनि १८५ पनि घटाइएको छ ।

निगमले पछिल्लोपटक हवाइ इन्धन आन्तरिक उडानतर्फ प्रतिलिटर ५ रुपैयाँ घटाएर ९४ रुपैयाँ कायम गरेको थियो । यसअघि असारमा पनि निगमले हवाइ इन्धनको मूल्य घटाउँदा पनि आन्तरिक वायुसेवा कम्पनीले हवाइ भाडा घटाएका थिए ।

घटेकाे भाडादर हेर्नुहाेस्

udan-bhada

प्रकाशित मिति: २ आश्विन २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्