दशैंका लागि टिकट खुल्याे, कसरी अग्रिम बुकिङ गर्ने ?


 


ticket_booking_busparkकाठमाडाैं, असाेज २

काठमाडौं बाहिरिने यात्रुहरुका लागि अग्रिम टिकट बुकिङ असोज ७ गतेदेखि खुल्ने भएको छ । आइतबार यातायात व्यवस्था विभागमा सरोकारवाला निकाय र संघसंस्थाबीच भएको बैठकले असोज ७ गतेदेखि बुकिङ खोल्ने निर्णय गरेको यातायात व्यवस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले जानकारी दिए ।

अब असोज ७ गतेदेखि काठमाडौंका नयाँ बसपार्क, गौशाला, कलंकी, कोटेश्वर लगायतका स्थानमा अग्रिम टिकटको बुकिङ सुरु हुनेछ । टिकट बुकिङका लागि सरकारले पूर्वतयारी सोमबारदेखि नै सुरु गर्ने योजना बनाएको छ ।

काठमाडौंबाट बाहिरिने लाखौं यात्रुलाई सुविधा दिन असोज १ गतेदेखि नै बुकिङ खोल्ने तयारी भएपनि यातायात व्यावसायीहरूले विभिन्न शर्तहरु राखेर असहमति जनाएका थिए । सरकारले उनीहरुको शर्तलाई स्वीकार गर्दै ७ गतेदेखि बुकिङ खोल्न व्यवसायीलाई सहमत गराएको हो ।

प्रकाशित मिति: २ आश्विन २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्