कोरोनाले विश्वभरि मर्नेको संख्या ९५ हजार नाघ्यो, १६ लाख बराबर संक्रमित


 


एजेन्सी, चैत्र २८
चीनबाट सुरू भइ विश्व महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण विश्वभर ज्यान गुमाउनेको संख्या ९५ हजार ५ सय ६ पुगेको छ। त्यस्तै हालसम्म १५ लाख ९५ हजार ३५० जनामा संक्रमण पुष्टि भइसकेको छ। क्रमितमध्ये ३ लाख ५४ हजार ६ जना निको भइसकेको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकमा रहेको छ। निको हुनेमा सबभन्दा बढी चीनमा ७७ हजार ६७९ रहेका छन्।

कोरोनाबाट अमेरिकामा मृत्यु हुने मानिसको संख्या १६ हजार नाघेको छ । अमेरिकामा अहिलेसम्म मृत्यु हुनेको संख्या १६ हजार ६९१ पुगेको छ । संक्रमितको संख्या ४ लाख ६८ हजार ५५६ पुगेको छ ।अहिलेसम्म अमेरिकामा करिब २५ हजार ९ सय २८ संक्रमित निको भइसकेका छन् ।

पछिल्लो समय फ्रान्समा भाइरस तीव्र रूपमा फैलिरहेको छ। त्यहाँ एकैदिन १ हजार ३४१ ले ज्यान गुमाएका छन्। यससँगै ज्यान गुमाउनेको संख्या १२ हजार २२८ पुगेको छ। त्यस्तै १ लाख १८ हजार ७८१ मा संक्रमण पुष्टि भएको छ।स्पेनमा थप ५ हजार २ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै थप ६५५ जनाको ज्यान गएको छ। यससँगै स्पेनमा ज्यान गुमाउनेको संख्या १५ हजार ४४७ पुगेको छ।

यता इटालीमा भने लगातार संक्रमण न्यून हुँदै गइरहेको छ। पछिल्लो २४ घण्टामा थप ४ हजार २०४ मा संक्रमण पुष्टि भएको छ। यससँगै १ लाख ४३ हजार ६२६ मा संक्रमण भइसकेको छ। त्यस्तै इटालीमा थप ६१० जनाको मृत्यु भएसँगै मृतक संख्या १८ हजार २७९ पुगेको छ।

चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको कारण सबैभन्दा प्रभावित बनेको मुलुक अमेरिकामा पछिल्लो केही दिनयता नयाँ संक्रमित र मृतकको संख्या पनि तीव्र गतिमा बढेको छ ।

यसैबीच डब्लुएचओ, विश्व ब्यांक र अन्तराष्ट्रिय मुद्रा कोषले विकासोन्मुख देशमा अर्थतन्त्र तहसनहस नहोस् भन्दै त्यहाँ ऋण सहायताको लागि आग्रह गरेका छन्। डब्लुएचओ प्रमुखले सरकारहरूले जोखिममा रहेका समुदायलाई खाद्यान्न र अन्य आधारभूत सेवा उपलब्ध गराउनुपर्ने बताएका छन्।

विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ। चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्। तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको बीबीसीले जनाएको छ ।

कुन देशमा कति (आँकडा)

अमेरिका
संक्रमित: ४,६२,१३५
मृत्यु: १६,५१३
निको: २५,४१०

स्पेन
संक्रमित: १,५३,२२२
मृत्यु: १५,४४७
निको: ५२,१६५

इटाली
संक्रमित: १,४३,६६२
मृत्यु: १८,२७९
निको: २८,४७०

फ्रान्स
संक्रमित: १,१८,७८३
मृत्यु: १२,२२८

निको: २३,४४१

जर्मनी
संक्रमित: १,१८,२३५
मृत्यु: २,६०७
निको: ५२,४०७

चीन
संक्रमित: ८२,८८३
मृत्यु: ३,३३९
निको: ७७,६७९

इरान
संक्रमित: ६६,२२०
मृत्यु: ४,११०
निको: ३२,३०९

बेलायत
संक्रमित: ६५,८७२
मृत्यु: ७,९९३
निको: ३५९

टर्की
संक्रमित: ४२,२८२
मृत्यु: ९०८
निको: २,१४२

बेल्जियम

संक्रमित: २४,९८३
मृत्यु: २,५२३
निको: ५,१६४

स्वीजरल्यान्ड
संक्रमित: २४,०५१

मृत्यु: ९४८
निको: १०,६००

भारत
संक्रमित: ६,७२५
मृत्यु: २२६
निको: ६२०

नेपाल
संक्रमित: ९
मृत्यु: ०
निको: १
(स्रोत: जोन्स हप्किन्स विश्वविद्यालय)

प्रकाशित मिति: २८ चैत्र २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्