शोपियन युवाहरूद्वारा खाद्यान्न वस्तु तथा औषधिहरू वितरण


 


शोपियन, चैत्र २८
दक्षिण कश्मीरको शोपियान जिल्लामा स्वयं सेवकहरूको एउटा समूहले अधिवक्ता ओवैस खानको नेतृत्वमा लकडाउनका कारण खाँचोमा परेका मानिसहरूलाई आवश्यक खाद्यान्न वस्तु तथा औषधिहरू वितरण गरेका छन्। कम्तिमा, १५ परिवारलाई औषधी र बच्चाकाे लागि खानेकुरा लगायत आवश्यक वस्तुहरू वितरण गरेका थिए।
 
ओवैस खानले भने,’कि यस महान कामका लागि करीव सात सय स्वयंसेवकहरूले काम गरिरहेका छन्।’

उनका अनुसार स्वयंसेवकहरूले विभिन्न गाउँका मानिसहरूलाई सहयोग प्रदान गर्न गरिरहेका छन्।”हामी गरिबहरुलाई जीवन बचाउने औषधि नि: शुल्क दिन्छौं,” खानले भने।

केन्द्र शासित प्रदेशका मानिसहरूलाई घर भित्रै बस्न र काेराेना भाइरसबाट बच्न सल्लाह दिँदै साजिद मुश्ताक, ओविस बिघ, उमर मंजूर, सलीम मीर, र अमीर खान लगायत केही स्वयंसेवकहरूले खाँचोमा परेकाहरूलाई सहयोग पुर्‍याउने अभियानमा लागेका छन्।

प्रकाशित मिति: २८ चैत्र २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्