११ अंकले घट्याे नेप्से


 


nepseकाठमाडाैं, असाेज २

आइतवार नेप्से करीव ११ अंकले घटेको छ । बजार खुलेको केही समयभित्र उच्च अंकले वृद्वि भएको नेप्से बजार बन्द हुने बेलासम्म १० दशमलव ६९ अंकमा पुग्यो ।

आइतवार झण्डै अढाई अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ । जलविद्युत, होटल, वाणिज्य बैंक र अन्य समूहको कारोबार बढ्दा समग्र परिसूचक सकारात्मक देखिएको हो ।

कारोबार बन्द हुने बेलासम्मका कुल २४ लाख ९१ हजार कित्ता शेयर किनबेच भएको छ । शुक्रबार होटल समूहको २१ दशमलव ८, जलविद्युत समूहको १३ दशमलव ८४, वाणिज्य बैंकको ३ दशमलव ५६ र अन्य समूहको ९ दशमलव ५४ अंकले वृद्धि देखियो भने बाँकी सबै समूहको परिणाम नकारात्मक देखिएको छ ।

प्रकाशित मिति: २ आश्विन २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्