घर जान नपाएपछि आन्दोलनमा उत्रिए मजदुर, गाडीमा आगजनी



नयाँदिल्ली, चैत्र २९
भारतमा कामको ज्याला माग्दै प्रदर्शन गर्ने कामदारहरु पक्राउ परेका छन् । गुजरातस्थित सुरत सहरमा कामको ज्याला माग्दै प्रदर्शन गर्ने कामदारहरु पक्राउ परेका हुन्। जसले घर फर्कन पाउनुपर्ने माग गर्दैआएका छन् ।

८० जना कामदारहरुले थुप्रै सरकारी सवारी साधन सहित तरकारी बोक्ने गाडीमा आगजनी गरिदिएका थिए । उनीहरुमध्ये अधिकांश ओडिसाका आप्रबासी कामदारहरु छन् । लकडाउन उल्लंघन गरेको भन्दै प्रहरीले ती कामदारलाई पक्राउ गरेको हो ।

सुरतमा ठूलो संख्यामा आप्रबासी कामदारहरु छन् । स्थानीय अधिकारी सिके पटेलका अनुसार सयौंको संख्यामा मजदुरहरु घर फर्कन पाउनुपर्ने माग गर्दै सडकमा उत्रिएका हुन् । भारतका अधिकांश सहरमा लकडाउन लगाइएपछि दैनिक ज्यालादारी गर्ने मजदुरले ज्याला पाएका छैनन् ।

सुरतमा यसरी आन्दोलन भएको यो दोस्रो घटना हो । यसअघि मार्च ३० मा पनि ९० जना भन्दा धेरै मजदुरले लकडाउन उल्लंघन गर्दै आन्दोलन उत्रिएका थिए । गुजरातमा अप्रिल ११ सम्ममा ३ सय ८ जना कोरोना भाइरसका संक्रमित भेटिएका छन् । साथै १९ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News