पर्यटन क्षेत्रमा अघि बढ्दै खतिवडा


 


nabaraj-khatiwodaकाठमाडाैं, असाेज ३

नवराज खतिवडा माउन्टेन टप ट्राभल्स एण्ड टुर्स काठमाडौं प्रालिका प्रबन्ध निर्देशक तथा युवा पर्यटन व्यवसायी हुन् । २०४३ असोज २२ गते भोजपुरकाे कुदाककाउले गाविस ७ मा जन्मिएका खतिवडाले माध्यामिक तहसम्मको शिक्षा गाउँकै विद्यालयबाट हासिल गरे ।

उनले गाउँमै रहेकाे कालिका प्राथमिक विद्यालयमा कक्षा पाँचसम्म अध्ययन गरेपछि घरबाट करिब साढे एक घण्टा पैदल यात्रामा पुगिने सावित्रा माध्यामिक विद्यालय कुदाककाउलेमा माध्यामिक तहसम्मको अध्ययन गरे । एसएलसी उत्तीर्ण गरेपछि २०६२ सालमा काठमाडौं आएका खतिवडाले आफुलाई एक पर्यटन व्यवसायीको रुपमा दर्ज गराउन निक्कै ठूलो संघर्ष गरेका छन् ।

सन् २००३ बाट पर्यटनमा संलग्न भएका खतिवडाले विभिन्न कम्पनीमा काम गरेर पर्यटन क्षेत्रको प्रत्यक्ष अनुभव संगालेपछि आफ्नै स्वामित्वको कम्पनी सञ्चालनमा ल्याएका हुन् । उनले आफ्नो कम्पनी माउन्टेन टप ट्राभल्स एण्ड टुर्समार्फत पर्यटकलाई विभिन्न प्रकारका टुर प्याकेज, साइटसिङ, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई टिकेटिङ, हेलिटुर तथा चार्टर, माउन्टेन फ्लाइट, हाइकिङ, ट्रेकिङ, राफ्टिङ, जंगल सफारी, बञ्जिी जम्प, प्याराग्लाईडिङ, भिजा प्रोसोसिङलगायतका सेवाहरु उपलब्ध गराइरहेका छन् ।

पर्यटन क्षेत्रको यात्रारम्भलाई गत वर्ष गएको शक्तिशाली भूकम्पको झड्का लागेपनि उनलाई त्यत्ति धेरै चिन्ता छैन । ‘यो विपत्ति हाम्रा निम्ति दुर्भाग्यपूर्ण होब’ खतिवडा भन्छन् ‘तर यसले एउटा ठूलो पाठ सिकाएको छ । हामीले यसलाई दीर्घकालिन व्यवसायिक योजना बनाउने अवसरको रुपमा उपयोग गर्नुपर्छ ।’

नयाँ पर्यटकीय गन्तव्यहरुको पहिचान गरी बढि भन्दा बढि विदेशी पर्यटक भित्रयाउनुका साथै आन्तरिक पर्यटन प्रवद्र्धन गर्नुपर्नेम उनको जोड रहेको छ । व्यवसायसँगसँगै पढाईलाई पनि अगाडि बढाइरहेका खतिवडाले अहिले अंगे्रजीमा स्नाकतकोतर गर्दैछन् ।

यसरी पर्यटन क्षेत्रमै उज्वल भविष्य खोजिरहेका खतिवडा आफ्नो व्यवसायको अलावा समाज सेवामासमेत लागि परिरहेका छन् । उनले विगत चार वर्षदेखि कुदाककाउले भोजपुर–काठमाडाैं सेवा समाजको सचिवको जिम्मेवारी सम्हालिरहेका छन् भने अन्य विभिन्न संस्थामासमेत आबद्ध भएर काम गरिरहेका छन् । पर्यटकीय संघ संस्थामा अहिले प्रत्यक्ष जिम्मेवारीमा नभएका उनले आगामी दिनमा यसतर्फ पनि लाग्ने इच्छा जाहे गरेका छन् ।

प्रकाशित मिति: ३ आश्विन २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्