जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष पक्राउ, मुद्दा दर्ता गर्ने तयारी


 


जनकपुरधाम, चैत्र ३०
जनकपुर उद्योग बाणिज्य संघका अध्यक्ष पक्राउ परेका छन् । जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष ललित साहलाई प्रहरीमाथि दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपीक्षक रामेश्वर कार्कीले उद्योग बाणिज्य संघका अध्यक्ष पक्राउ परेकाे पुष्टि गरे। उनका अनुसार साहले प्रहरी सहायक निरीक्षक र जवानमाथि दुव्र्यवहार तथा हातपात गरेको आरोपमा पक्राउ गरिएकाे हाे।

आइतबार बिहान लकडाउनको समयमा मोटरसाइकलमा बिना मास्क, पञ्जा महावीर चोकबाट जाँदै गरेका साहसँग सोधपुछका क्रममा प्रहरीसँग भनाभन भएको थियो । भनाभनपछि अध्यक्ष साहले प्रहरी सहायक निरीक्षक विद्यापति ठाकुरलाई दुव्र्यवहार गरेको प्रहरीको भनाई छ । ठाकुरले भने, ‘ उहाँ को हुनुहुन्छ, भनेर मैले चिनिन, तर सुरक्षा सामग्री नै नलगाई कहाँ जान लागेको भनेर सोध्दा म माथि झम्टिनु भो ! अन्य व्यापारी बोलाएर हात नै हाल्नु भो ।’

‘मास्क नलगाएर गइरहेको देखेपछि मैले रोकेर सर मास्क किन लगाउनुभएको छैन भनी प्रश्न गरे । यस्तो महामारीको अवस्थामा मास्क लगाउनु नितान्त आवश्यक छ, प्रहरी सहायक निरीक्षक ठाकुरले भने, ‘मैले लगाएर हिँडनुस् आग्रह गरे, तर मास्क घरमै बिर्सेर आएँ , के गर्ने भन्दै गैरजिम्मेवारपूर्ण जवाफ फर्काउनुभयो।’

त्यसपछि मैले उहाँलाई गाडीको बिलबुक र सवारी चालक अनुमतिपत्र देखाउन अग्रह गर्दा स्थनीय व्यापारीलाई बोलाएर गालीगलौज गर्दै हातपात र धक्कामुकीमा मोबाइल समेत फुटाइ दिए,’ उनले भने । घटनापछि अध्यक्ष साहलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको हो । अध्यक्ष साहमाथि अभद्र व्यवहारमा मुद्दा दर्ता गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएकाे छ।

प्रकाशित मिति: ३० चैत्र २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्