ट्युनिसियाविरुद्ध जापानको शानदार जित



काठमाडौं । फिफा विश्वकप-२०२६ अन्तर्गत आजको खेलमा जापानले ट्युनिसियाविरुद्ध सानदार जित निकालेको छ।

आज मेक्सिकोको स्टाडियो मोन्टेरीमा भएको खेलमा जापानले ट्युनिसियाविरुद्ध ४-० को जित निकालेको हो।

समूह एफमा पहिलो जतिपछि जापानले नकआउट चरणमा प्रवेश गर्ने सम्भावनालाई बलियो बनाएको छ । दुई खेलबाट जापानको नेदरल्यान्ड्स समान ४ अंक भएको छ ।

खेलमा जापानका लागि असाय उएदाले दुई तथा दाइची कामाडा र जुन्या इटोले एकरएक गोल गरे ।

जापानले पहिलो खेलमा नेदरल्यान्ड्ससँग २र२ को बराबरी खेलेको थियो ।

अर्कोतर्फ ट्युनिसिया भने लगातार दोस्रो हारपछि समूह चरणबाट बाहिरिएको छ ।

प्रकाशित मिति: ७ असार २०८३, आइतबार

प्रतिक्रिया दिनुहोस्