गगनलार्इ प्रश्न, रामवरण त अमेरिका गए, हामी गरिव कहाँ जाने ?


 


gagan-rambaran-passantकाठमाडाैं, असाेज ३

देशका ‘हाइप्रोफाइल’ अनुहारको खर्चमा राज्यले करोडौं खर्च गरेको छ । आज मात्र पूर्व राष्ट्रपति राज्यकोषबाट रकम लिएर उपचारका लागि अमेरिका उडेका छन् । तर, दूर्गम गाँउका गरिव जनता आधारभूत उपचार नपाएर मर्नुपर्ने अबस्था छ ।

पूर्वराष्ट्रपछि डा. रामबरण यादवले उपचार खर्चका लागि तीन करोड मागेका थिए । उनलाई अहिले उपचारका लागि सरकारले ६० लाख दिएको छ । तर, जाजरकोटमा उपचारका लागि पैसा नभएपछि एक महिला जीवसँगै संघर्ष गरिरहेकी छिन् । आर्थिक अभावका कारण जिल्लाका दुर्गम क्षेत्रका ती महिला १२ वर्षदेखि जीवन–मरणको लडाईंमा छिन् ।

जिल्लाको सवै भन्दा दुर्गम क्षेत्रमा पर्ने रोकायगाउँ–७ का नरेन्द्र गिरीकी २९ वर्षीय श्रीमती रती गिरी विगत १२ वर्ष देखी रोगसँग लडिरहेका छिन् । ३ छोराछोरीका अभिवावक हुन् गिरी दम्पती । उनीहरु यस अघि स्थानीय स्वास्थ्य संस्थामा उपचार गरेको वताउँछन् । रतीको पहिले–पहिले कमै छाती दुख्थ्यो ।

passantस्थानीय स्वास्थ्यकर्मीको सल्लाह अनुसार टिबीको औषधी खाइन् । ९ महिनासम्म औषधी लिदा पनि निको नभएपछि नरेन्द्र रतीलाई लिएर भारत गए । छोराछोरी च्यापेर ५ महिना अघि भारतको सिम्ला गएका थिए ।

‘भारतमा कमाई गदै उपचार गरौँला’ भनेर श्रीमती र छोराछोरी लिएर गएका थिए नरेन्द्र । दुई महिना अघि भारतको सिम्ला हस्पिटलमा श्रीमतीको एक्सरे गराएपछि फोक्सोमा समस्य रहेको देखियो । नरेन्द्रसँग उपचार गर्ने पैसा थिएन ।

दुई महिना काम गरेर एक्सरेका लागि पैसा जुटाएका थिए । बरु, नेपाली दाजुभाईले सहयोग जुटाएर गाडी भाडा दिए । त्यसपछि नरेन्द्र फेरि गाँउ फर्केका हुन् । भन्छन्, ‘उपचार गर्ने पसा थिएन ।

घरमै मरौंला भनेर आएको ।’ उनले भने । नरेन्द्रसँग विकल्प थिएन, मरेपनि पत्नी घरमै मरुन भनेर गाँउ फर्केका हुन् । भारतबाट घर फर्कदै गरेको बेला यो दम्पतीलाई भेटेका थिए ।

रतीलाई १२ वर्ष पहिले सामान्य छाती दुख्ने गरेको थियो । स्थानीय लिम्सा स्वास्थ्यमा निशुल्क पाईने औषधी लिएर उनले खाएकी थिइन् । रोग वल्झिदै जाँदा देवी,देवता देखी स्थानीय जडीवुटी सवै गरेका थिए नरेन्द्रले । केही नलागेपछि अन्तिममा अवस्थामा भारत गएको नरेन्द्र वताउँछ ।

‘लाखै रकम चाहिदो रहेछ फोक्सोको उपचार गर्न हामी संग गाडी भाडा सम्म नभएका मानिसले कसरी उपचार गर्नु रु अन्तिम अवस्थामा सास भएपनि घर पुग्ने ईच्छा अनुसार घर आएको रतीका श्रीमान् नरेन्द्रले भने । केही दिन पहिला स्वास्थ्य मन्त्री गगन थापाले कोही नेपाली अव उपचार नपाएर मर्दैनन् भनेका थिए । स्वास्थ्य मन्त्री थापाले रती गिरीका उपचारमा पहल लेलान ? टिभी अन्नपूर्ण

प्रकाशित मिति: ३ आश्विन २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्