संविधान कार्यान्वयन नभए अप्ठ्यारो स्थिति आउँछ–अध्यक्ष ओली


 


kp

पोखरा,  असोज ३ नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधान कार्यान्वयन हुन सकेन भने मुलुक अप्ठ्यारो स्थितिमा जाने चेतावनी दिनुभएको छ ।

नेकपा (एमाले) प्रदेश नं ४ को प्रदेश सङ्गठन कमिटीको प्रथम बैठकको कास्कीको रुपाकोट गाविसस्थित रुपा रिसोर्टमा आज उद्घाटन गर्दै उहाँले संविधान कार्यान्वयन गर्न २०७४ माघ ७ गतेभित्र स्थानीय, प्रादेशिक र केन्द्रीय तहको निर्वाचन हुनु जरुरी रहेकामा जोड दिनुभयो ।

अध्यक्ष ओलीले संविधान कार्यान्वयनमा एमालेले खबरदारी गरिराख्ने बताउनुभयो । उहाँले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण त्यति फलदायी नभएको समेत टिप्पणी गर्नुभयो ।

एकदिने सो बैठकमा प्रदेश नं ४ को सङ्गठन कमिटीका ८० जना सदस्यको सहभागिता रहेको छ ।

प्रकाशित मिति: ३ आश्विन २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्