प्रधानमन्त्रीद्वारा आतङ्कवादी आक्रमणको निन्दा


 


Prachanda-Chairman-of-Maoist-Center

काठमाडौँ, असोज ३ प्रधानमन्त्री पुष्पकमल दाहालले भारत प्रशासित कास्मिरको युरीमा आइतबार भएको आतङ्कवादी आक्रमणको निन्दा गर्नुभएको छ ।

उक्त आक्रमणमा परी १७ भारतीय सैनिकको मृत्यु भएको थियो । प्रधानमन्त्री दाहालले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई आज सन्देश पठाउँदै आक्रमणका दोषीलाई चाँडोभन्दा चाँडो कानुनको कठघरामा उभ्याउनुपर्ने बताउनुभएको छ ।

आतङ्कवादका सबै रुप र प्रकटीकरणको नेपाल दृढ अडानका साथ निन्दा गर्छ भन्दै सन्देशमा प्रधानमन्त्री दाहालले त्यसको सबैले डटेर मुकाविला गर्नुपर्ने बताउनुभएको छ । प्रधानमन्त्री दाहालले भारतीय प्रधानमन्त्री मोदीमार्फत दिवङ्गत सेनाका परिवारजनमा समवेदना एवम् सहानुभूति प्रकट गर्नुभएको छ ।

प्रकाशित मिति: ३ आश्विन २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्