प्रचण्डले किन भेटे यी फरार अभियुक्त ?


 


काठमाडाैं, असाेज ४

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुरक्षा निकायले पक्राउका लागि ‘वान्टेड’ सूचीमा राख्दै सर्वाधि खोजी गरेका एक विवादास्पद फरार अभियुक्तलाई उच्च सुरक्षा घेराभित्र भारतमा भेटेका छन् । गत वर्ष टीकापुरमा दुईवर्सै बालक र आठ सुरक्षाकर्मीको ज्यान जाने गरी भएको घटनामा मुछिएका ‘कर्तव्य ज्यान’ मुद्दाका मुख्य अभियुक्त रेशम चोधरीलाई प्रधानमन्त्री प्रचण्डले शुक्रबार साँझ ताज प्यालेस होटलमा भेटेका हुन् ।

भारत र नेपालका लव्धप्रतिष्ठित व्यापारीलाई सम्बोधनका लागि ताज प्यालस होटलमा आयोजना गरिएको कार्यक्रममा दाहालले मञ्चमै चौधरीलाई भेटेका थिए । नेपालमा लगानीका विषयमा विश्वासको वातावरण निर्माण गर्न उक्त कार्यक्रम आयोजना गरिएको थियो । चौधरीले मञ्चमै पुगेर प्रधामन्त्री प्रचण्डसँग केही समय कानेखुसी गरेका थिए ।

प्रकाशित मिति: ४ आश्विन २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्