भोजपुरमा आत्महत्या गर्ने बढे


 


aatmahatyaभोजपुर, असोज ४

भोजपुरमा आत्महत्या गर्नेको संख्या बढ्न थालेको छ । गत भदौ र असोज महिनामा मात्रै आठ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । यो दुई महिनाको तथ्यांक अनुसार आत्महत्या गर्नेमा पुरुष भन्दा महिलाको संख्या बढी छ । तीन पुरुष र पाँच महिलाले यो दुई महिनामा आत्महत्या गरेका छन्, जसको उमेर १९ बर्षदेखी ६५ बर्षसम्म छ ।

घरायसी कारण, प्रेम सम्बन्ध, रिसिबी जस्ता कारणले मानिसहरु आत्महत्याको बाटो रोज्न थालेको प्रहरीको विश्लेषण छ । चालु आर्थिक बर्षमै यतिको संख्यामा आत्महत्याको तथ्यांक आएपछि भोजपुरमा आत्महत्याले भयावह रुप लिन लागेको संकेत मिलेको प्रहरीको भनाई छ । गत आर्थिक बर्षमा २३ जनाले आत्महत्या गरेका थिए ।

प्रकाशित मिति: ४ आश्विन २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्