नेकपाको सचिवालय बैठक सकियाे, के-के भयाे छलफल?



काठमाडौं, बैशाख ८
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आकस्मिक सचिवालय बैठक सकिएको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले पार्टी विभाजन गर्न केन्द्रीय समिति वा संसदीय दलमध्ये कुनै एउटामा ४० प्रतिशत भए पुग्ने व्यवस्था गर्न अध्यादेश ल्याउने निर्णय गरेपछि नेकपाले आकस्मिक सचिवालय बैठक बोलाएको थियो।

विश्वभर कोरोना महामारी फैलिएको बेला उक्त अध्यादेश आउन नहुने भन्दै बैठकमा कुरा उठेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। उनका अनुसार प्रधानमन्त्रीले अध्यादेशबारे जानकारी गराएका थिए।

‘सरकार र पार्टीको अगाडी दुई कार्यभार छन्। पार्टी एकता मजबुत बनाउने र महामारीमा जुध्ने बेलामा अध्यादेश आउनु नहुने भन्ने कुरा उठ्यो’ श्रेष्ठले भने।

‘गम्भीर राजनीतिक विषय हो। पार्टीमा छलफल नभएकाले आकस्मिक बैठक बसेको थियो।। सबैले आफ्नो विचार प्रस्तुत गरेका थिए। बैठक बस्दाबस्दै राष्ट्रपतिले अध्यादेश जारी गरेकाले केही गर्न सकिएन’ श्रेष्ठले थप्दै भने।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News