भोजपुरको बैकुण्ठे, बासिखोरा र मानेभन्ज्याङका स्थानीय आन्दोलित



भोजपुर, ४ असोज

bhojpurभोजपुरको बेहेरेश्वर गाउँपालिकाको केन्द्र वैकुण्ठे गाविसको चिलाउनेटारलाई हटाई भुल्केमा केन्द्र सारेको प्रति मानेभञ्ज्याङ, वैकुण्ठे, बासिखोराका स्थानीयवासीले आपत्ती जनाएका छन् । उनिहरुले संघर्ष समिति ने गठन गरेर विरोध जनाएका हुन् ।

सङ्घर्ष समितिले सोमबार अपराह्न भोजपुरको सदरमुकाममा पत्रकार सम्मेलन गर्दै स्थानीय तह पुनःसंरचना प्राविधिक समितिले प्रस्तुत गरेका आठवटा स्थानीय तह र तीनको सिमाङ्कन र केन्द्रहरु प्रस्तावित गरिएको भन्दा फरक गरी बेहेरेश्वर गाउँपालिकाको केन्द्र वैकुण्ठेको चिलाउनेटारलाई हटाई षडयन्त्रपूर्वक प्राविधिक समितिले भुल्केमा केन्द्र सारेको भन्दै सङ्घर्ष समितिले विरोध जनाएको हो ।

सङ्घर्ष समितिका चन्द्रबहादुर थापामगरद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ –“पहिले प्रस्तावित केन्द्रलाई कार्यान्वयन नगरिएमा थप सङ्घर्षको कार्यक्रम अगाडि बढाइनेछ ।”

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News