कोरोना परीक्षण नमुना लैजाँदै गरेका युवकको गोली हानी हत्या



काठमाडौं, बैशाख १०
कोरोना भाइरस (कोभिड-१९) परीक्षणका लागि स्वाब संकलन गरेर प्रयोगशालातर्फ गइरहेका एक सवारी चालकको म्यानमारमा गोली हानी हत्या भएको छ । म्यानमारको पश्चिमी प्रान्त रखाइनबाट स्वाब बाेकेर याङ्गुनतर्फ गइरहेका युवकको गोली हानी हत्या भएको हो । गोली लागेर प्याए सोन विन माउङ काे ज्यान गएकाे बताइएकाे छ । २८ वर्षीय माउङ गाडी चालक हुन् ।

संयुक्त राष्ट्र संघका अनुसार, विश्व स्वास्थ्य संगठनको गाडीमा स्वाब परीक्षणका लागि यान्गुन लैजाँदै गर्दा गोली प्रहार भएको हो ।हत्या गरिएका ती युवक विगत तीन वर्षदेखि (डब्लुएचओ) का लागि काम गर्दै आएका थिए ।

आक्रमणमा एक स्वास्थ्यकर्मी पनि घाइते भएका छन् । उनको अहिले उपचार भइरहेको बताइएको छ । अहिलेसम्म म्यानमारमा एक सय १९ जना मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ भने पाँचजनाको यसबाट मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News