बलात्कारको आरोपमा दुई छिमेकी पक्राउ



कपिलवस्तु, बैशाख १०
कपिलवस्तुको वाणगङ्गा नगरपालिका वडा नं ४ मा चार बालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीले आज दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ४५ वर्षीय र १७ वर्षीय युवक छन् । ती दुवै छिमेकी हुन् । अभियुक्तको नाम प्रहरीले गोप्य राखेको छ ।

प्रलोभनमा पारेर पाँच वर्षदेखि बालिकामाथि बलात्कार भएको पीडित परिवारले जनाएको छ ।

स्थानीयवासीले बन्दाबन्दी भए पनि घर बाहिर आई न्यायका लागि आवाज उठाएका छन् । पीडितहरुले अपराध गर्नुभन्दा पनि सहनु गलत भएको जनाउँदै उनीहरुलाई कारवाहीको माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News