भारतमा कोरोना संक्रमितको वृद्धिदर ८ प्रतिशतमा सीमित



काठमाडौं, बैशाख १३
लकडाउनका कारण भारतमा कोरोना संक्रमणको वृद्धिदर ८ प्रतिशतमा झरेको छ । भारतीय सञ्चार माध्यम टाइम्स अफ इन्डियाका अनुसार लकडाउन सुरु हुँदाको समयमा २१.६ प्रतिशत रहेको कोरोना संक्रमितको वृद्धिदर लकडाउनको एक महिना पछि आउँदा ८.१ प्रतिशतमा झरेको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक महिनाअघि लकडाउन घोषणा गरेका थिए । त्यतिबेला त्यहाँ कोरोना संक्रमितको संख्या करिब ५ सय थियो । तर कोरोना संक्रमितको सख्या अत्यधिक रहेको धेरै प्रमाणहरु थिए । त्यसैले मार्च २४ मा कोरोना संक्रमितको दैनिक वृद्धदर २१.६ प्रतिशत रहेको थियो ।

यदि लकडाउन नगरेको भए वा कोरोना संक्रमितको सुरुकै वृद्धिदर कायम रहेको भए अहिलेसम्म भारतमा कोरोना संक्रमितको संख्या दुई लाख पुग्ने भारतीय सञ्चार माध्यम टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ । जबकी अहिले भारतमा कोरोना संक्रमितको संख्या २३ हजार ४ सय जना रहेको छ ।

लकडाउनको पाँच हप्ताको तेस्रो दिनसम्म पनि कोरोना संक्रमितको वृद्धिदर ८ प्रतिशत हुनु पनि बढी हो । जबकी लकडाउनपछि जर्मनीमा कोरोना संक्रमितको वृद्धिदर जम्मा २ प्रतिशत छ भने अमेरिकामा ४.८ प्रतिशत मात्र छ ।

अहिलेको वृद्धिदर कायम रहने हो भने आउँदो हप्ता कोरोना संक्रमितको संख्या ४० हजार पुग्छ भने १५ दिनमा ७० हजार पुग्छ । त्यस्तै मे महिनाको अन्त्यसम्म संक्रमितको संख्या २ लाख ५० हजार पुग्ने टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News