स्पेनिस फ्लू जितेकी १०६ वर्षीया वृद्धाले कोरोना महामारीलाई पनि जितिन्



रोम, बैशाख १३
कोरोना भाइरसबाट विश्वभर २७ लाख ५० हजार भन्दा धेरै मानिस संक्रमित भएका छन् । यो घातक भाइरसबाट ७ लाख ७० हजार भन्दा धेरैले उन्मुक्ति पाए । तिनै भाग्यमानीमध्ये एक हुन् स्पेनकी महिला आना देल भल्ले ।

आनाको जीवनमा एक रोचक संयोग मिलेको छ । १०६ वर्षीया यी महिलाले कोरोना मात्रै हैन यससँग मिल्दोजुल्दो स्पेनिस फ्लूलाई पनि जितेकी थिइन् । स्पेनको अंग्रेजी पत्रिका ‘द ओलिभ प्रेस’ले यसबारे समाचार तयार पारेको छ ।

१९१८ मा स्पेनिस फ्लूको महामारी फैलिरहँदा आना ५ वर्षीया बालिका थिइन् । उनलाई पनि स्पेनिस फ्लूको संक्रमणले समायो । तर केही समयपछि निको पनि भयो । १९१८ को जनवरीमा सुरु भएको स्पेनिस फ्लूको संक्रमण ३६ महिनापछि, अर्थात् १९२० डिसेम्बरमा मात्रै अन्त्य भएको थियो ।

हालको कोरोना महामारी भन्दा पनि धेरै स्पेनिस फ्लूबाट ५ करोड मानिस संक्रमित भएका थिए । जुन संख्या तत्कालिन विश्वको एक तिहाइ जनसंख्या थियो । हाल १०२ वर्षपछि उनै आनालाई कोरोनाभाइरसको संक्रमण लाग्यो । तर संयोगवश उनले यो महामारीलाई पनि जितिन् ।

मिडिया रिपोर्टका अनुसार आना अल्काला देल भल्लेमा रहँदैआएकी छन् । जहाँ उनीसहित ६१ जना बासिन्दा कोरोना संक्रमित भएका थिए । संक्रमित भएपछि आनालाई ला लिनियास्थित अस्पतालमा भर्ना गरिएको थियो । केही दिनअघि मात्रै उनी उपचारपछि घर फर्किसकेकी छन् ।

आना १९१३ को अक्टोबरमा जन्मिएकी थिइन् । अबको ६ महिना भन्दा पनि छोटो समयपछि उनी १०७ वर्ष पुग्नेछिन् । यससँगै स्पेनमा कोरोना भाइरसलाई जित्ने सबैभन्दा जेष्ठ नागरिक आना नै हुन् । र कोरोना भाइरसबाट मुक्ति पाउने संसारभर सबैभन्दा बढी उमेरका मध्ये उनी एक हुन् ।

उनी वाहेक १०७ वर्षीय डच नागरिक कर्नेलिया रासले पनि कोरोनाभाइरसलाई जितेकी छन् । यस्तै १०१ वर्षका दुई महिलाको पनि कोरोना भाइरसबाट उपचार सम्भव भएको छ । स्पेनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २२ हजार भन्दा धेरैको मृत्यु भइसकेको छ । यस्तै २ लाख १९ हजार भन्दा धेरै संक्रमित छन् । कोरोना भाइरसको महामारीबाट संसारभर मृत्यु हुनेको संख्या झण्डै २ लाख पुगेको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News