कैलालीको कान्द्रा नदीमा डुबेर २ बालकको मृत्यु


 


कैलाली बैशाख १३ ।

 कैलालीको घोडाघोडी नगरपालिकामा कान्द्रा नदीमा डुबेर २ बालकको मृत्यु भएको छ । नदीमा नुहाउने क्रममा उनीहरुको डुबेर मृत्यु भएको हो ।

कान्द्रा नदीमा नुहाउने क्रममा डुबेर घोडाघोडी नगरपालिका १२ का ११ बर्षिय सचिन चौधरी र १४ बर्षिय अनिश चौधरीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय सुखडका प्रमुख हरिशरण भट्टले जानकारी दिए । प्रहरीका अनुसार नदीमा नुहाउन गएका उनीहरु पौडिन नजान्दा डुबेर मृत्यु भएको हो ।

प्रकाशित मिति: १३ बैशाख २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्