मेयरमाथि कुटपिट



जाजरकोट, बैशाख १४
जाजरकोटको भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीलाई हातपात गरिएको छ । नेकपाका नेता एवम् नगरप्रमुख घर्ती माथि शनिबार बिहान सत्तारुढ नेकपाकै युवा दस्ता युवा संघ नेपालका जिल्ला संयोजक दिपेन्द्र शाही सहितको एक समूहले मुक्का प्रहार गरेको हो ।

जिल्लाको भेरी नगरपालिका वडा नम्वर १० को फेराखोला स्थित भेरी किनारमा उक्त समुहले हातपात गरेको नेकपा जाजरकोटले जनाएको छ । सत्तारुढ नेकपाका कार्यकर्ता एवम् साविकको पुन्मा गाविसका अध्यक्ष मधु चन्दको मृत्युपछि उनको मलामी गएका नगरप्रमुख घर्तीलाई हातपात गरिएको नेकपा जाजरकोटका अध्यक्ष ढकवीर रानाले बताए । शाहीको समुहले गरेको मुक्का प्रहारबाट मेयर घर्तीको आँखा र मुखमा चोट लागेको अध्यक्ष रानाले बताए ।

नगर प्रमुख घर्ती पूर्वएमाले जाजरकोटका सचिव र अहिले नेकपाको कर्णाली प्रदेश समिति सदस्य हुन् । युवा संघका संयोजक शाही पूर्व एमाले निकट युवा संघ नेपाल जाजरकोटका पूर्वअध्यक्ष हुन् । शाहीले गाउँमा योजना पार्दा नगर प्रमुख शाहीले पक्षपात गरेको भन्दै गुनासो गर्ने क्रममा भएको विवादमा मेयर घर्तीमाथि हातपात भएको एक प्रत्यक्षदर्शीले बताए ।

योजना दिँदा आफूहरुले नपाएको र आफूहरु माथि अन्याय भएको गुनासो गर्ने क्रममा विवाद भएको उनले बताए ।

मेयर घर्तीलाई आक्रमण गर्नेको खोजी भइरहेको जाजरकोट प्रहरी प्रमुख डिएसपी किशोरकुमार श्रेष्ठले बताए । उनले घटनाबारे यथार्थ बुझ्न नगरप्रमुख घर्तीसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन नसकेको बताए । ‘मेयर सावले फोन उठाउनु भएन । घटनाबारे यथार्थ जानकारी अझै आइसकेको छैन ।’ अन्नपुर्ण पाेष्टबाट

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News