समाजबादी र राजपाको एकता रोक्न निर्वाचन आयोगमा उजुरी


 



काठमाडौं, वैशाख १४
संघीय समाजवादी पार्टी र राजपा नेपालको एकता प्रक्रिया रोक्न माग गर्दै निर्वाचन आयोगमा उजुरी दर्ता गरिएको छ । सत्तारुढ नेकपाको भातृ संगठन युवा संघका केन्द्रीय सदस्य अमित लामाले दुई दलबीचको एकता प्रक्रिया रोक्न आयोगमा उजुरी दर्ता गराएका हुन् ।

दुई पार्टीबीच एकता भएर नयाँ दल जनता समाजबादी दर्ताको क्रममा छ। दुई दलबीचको सहमति पत्रमा बहुराष्ट्रिय राज्य कायम गर्ने उल्लेख भएको र सो व्यवस्था संविधान प्रतिकुल भएको उल्लेख गरेर निर्वाचन आयोगमा उजुरी दिइएको छ ।

‘नयाँ दलको उद्देश्य नेपालमा बहुराष्ट्रिय राज्य काम गर्ने भनी उल्लेख गरिएको छ’ निवेदनमा भनिएको छ, ‘छुट्टै देश अर्थ झल्कने गरी दल दर्ता गर्न प्रस्ताव गरिएकाले नेपालको संवधानको धारा २६९ को ५ विपरित प्रस्ताव गरिएकाले उक्त दल दर्ता प्रक्रिया रोकी पाउन यो निवेदन पेश गरेका छौँ ।’

आजै जनता समाजवादी पार्टीले सांसद महेश बस्नेत, पूर्व आईजीपी सर्वेन्द्र खनाल र नेकपाका अर्का सांसद किसान श्रेष्ठ विरुद्ध अपहरणको जाहेरी दिन जाँदा प्रहरीले मानेन । प्रहरीले सम्बन्धि जोल्लामै गएर जाहेरी दिन सुझाव दिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले साना दललाई पार्टी फुटाउन सहज हुने गरी अध्यादेश ल्याएपछि राजनीतिक घटनाक्रमले नयाँ मोड लिएको छ।

प्रकाशित मिति: १४ बैशाख २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्