डडेलधुरा अस्पतालभित्रै रक्सीको नशामा स्वास्थ्यकर्मी


 


डडेल्धुरा,बैशाख १६ ।

डडेल्धुरा अस्पतालका एक जना स्वास्थ्यकर्मी ड्युटीका बेला रक्सीको नशामा झुम्मिने गरेको पाइएको छ ।

डडेल्धुरा अस्पतालमा कार्यरत सिनियर अहेब दिलीपसिंह साउदले अस्पताल भित्रै रक्सीको नशामा झुम्मिने गरेका छन ।अस्पताल स्रोतका अनुसार साउद दैनिकजसो मादक पदार्थ सेवन गरेर अस्पतालमा होहल्ला गर्दै आएको समेत बुझिएको छ ।

केही समयअघि मात्रै सरुवा भएर डडेल्धुरा आएका अहेब साउदलाई प्रहरीले ३ पटक थुनामा राखिसकेको समेत बुझिएको छ ।

मंगलबार मात्रै तेस्रो पटक उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले बताए । यता डडेल्धुरा अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट जगदिश विष्टले निजले गल्ती गरेको भए नियमानुसार कारवाही अगाडी बढ्ने बताए ।

प्रकाशित मिति: १६ बैशाख २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्