कञ्चनपुरमा खोलाले बगाउदा एक बृद्ध बेपत्ता


 


कञ्चनपुर,बैशाख १६ ।

कञ्चनपुरको लालझाडी-१ बिनवारीका ५५ वर्षिय बृद्ध खोलाले बगाउदा बेपत्ता भएका छन् ।घर फर्कने क्रममा नदिले बगाएर लालझाडी १ बिनवारी बस्ने ५५ वर्षिय साधु राना बेपत्ता भएको हो ।

दिउँसो करिब साढे दुई बजे नदिमा एक्कासी आएको बाढिमा तैरिदै गरेका दुई जना मध्ये अर्का एक जनालाई स्थानीय युवाहरूले सकुशल उद्दार गरेको लालझाडी गाउँपालिकाका अध्यक्ष मदनसेन बडायकले जानकारी दिए ।

अचानक आएको बाढीले लालझाडी गाउँपालिका वाड न ३ बल्मीको दोदा नदिमा हिमसगरमाथा कन्सट्कसन ले निर्माण गर्दै आईरहेको निर्माणधिन पुल भत्किएको छ ।

बन्दै गरेको अधुरो पुल अचानक बाढी आउदा पुर्ण रूपमा क्षतिग्रस्त भई करोडौको नोक्सान भएको छ ।

प्रकाशित मिति: १६ बैशाख २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्