सशस्त्रमा प्रहरी निरीक्षक र सहायक प्रहरी निरीक्षकका लागि जागिर खुल्यो



काठमाडौं, असोज ५

सशस्त्र प्रहरी निरीक्षक र सहायक प्रहरी निरीक्षकका लागि जागिर खुलेको छ । सशस्त्र प्रहरीले आज एक विज्ञापन प्रकाशित गर्दै ९० प्रहरी अधिकृतका लागि दरखास्त माग गरेको हो ।

सशस्त्रले ५४ जना प्रहरी निरीक्षक र ३६ सहायक प्रहरी निरीक्षकका लागि जागिर खुलाएको हो । सशस्त्र प्रहरी निरीक्षकमा २९ जना खुलातर्फबाट सेवा प्रवेश पाउनेछन् भने महिला ५, आदिबासी जनजाति ८, मधेसी ७, दलित ३, र पिछडिएको क्षेत्रर अमरप्रहरी परिवारबाट १/१ पदमा आरक्षण कोटा छ ।

यस्तै सशस्त्र प्रहरी सहायक निरीक्षकका लागि १९ जना खुलातर्फ मागिएको छ भने ३ महिला, ५ आदिबासी जनजाति, ५ मधेसी, २ दलित र १/१ पद पिछडिएको क्षेत्र र अमेर प्रहरी परिवारको लागि कोटा तय भएका छन् ।

प्रहरी निरीक्षकका लागि स्नातक तथा सहायक निरीक्षकका लागिप्रमाणपत्र तह पास गरेको हुनुपर्नेछ ।

विज्ञापन हेर्नुस

vacancy-in-apf-768x1854

 

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News