गगन थापा आएपछि तस्करको भागाभाग!


 


मेडिकल माफियाको सातो गयो!

काठमाडौं, असोज ५

स्वास्थ्यमन्त्री गगन थापाले मनमोहन कलेजको नाममा व्यापार गर्नेहरुको होस् उडाएका छन् । प्रतिष्ठित व्यक्ति मनमोहन अधिकारीका नाममा नेताहरुले व्यापार गर्न नपाउने विषय पटक पटक उठाउदै आएका स्वास्थमन्त्री थापाले अब मनमोहनकै नाम राखेर न्याम्स पुनःसंरचना गर्ने खाका ल्याएर मेडिकल माफियाहरुको चलखेल रोकेका हुन् ।

गगनलाई साथ दिँदै शिक्षामन्त्री धनीरामा पौडेलले पनि चिकित्सा शिक्षा विधेयक संसदमा पेश गरिसकेका छन् । स्वास्थ्यमन्त्रीको निजी सचिवालयका अनुसार मेडिकल माफियाविरुद्ध स्वास्थ्य मन्त्रालय योजनाबद्ध रुपमा अघि बढेको छ । हरेक नेपालीले सहज रुपमा स्वास्थ्यउपचार पाउनुपर्ने, उपचार नपाएर कोही नेपाली मर्न नदिने वातावरण तयार पार्ने काम मन्त्रालयले गरिरहेको जनाइएको छ ।

चिकित्सा शिक्षा ऐन ल्याउनु पर्ने डा. गोविन्द के सीको माग हो । दुबै मन्त्रीले गरेको यो कामलाई देखेर डा. केसीले आफ्नो नवौं पटक बस्ने भनेको अनशन केही पर सारेका छन् ।

अर्कोतिर मनमोहनको नाममा व्यापार गर्ने एमालेसहितका केही नेताहरुको आशमा पनि गगनले अंकुश लगाएका छन् । एमाले नेताहरुले गर्न नसकेको काम काँग्रेसका मन्त्रीहरुले गरिदिएका छन्, न्याम्सको नाम नै मनमोहनको नाममा गरिदिएका छन् ।

आठौं पटक केसी अनशन बस्दा सहानुभुति देखाएका यिनै मन्त्रीद्धयले डा. केसीका माग पुराहुने र अबदेखि अनशन बस्नुपर्ने अवस्थाको अन्त्य गर्ने बचन दिएका थिए ।

यद्यपी डा केसीले विश्वास गरेका यी मन्त्रीद्धयले आफ्नो कर्तव्य बिर्से ठूलो नोक्सानी हुने अनुमान गरिएको छ ।

मेडिकल माफियाहरु मिसन ‘फेल’
स्वास्थमन्त्री थापाले प्रतिष्ठित नेता मनमोहन अधिकारीकै नाम राखेर न्याम्स पुनःसंरचना गर्ने खाका ल्याएका छन् । जसले मेडिकल माफियाहरुको निद्रा हराम भएको छ । मेडिकल शिक्षामा लुट मच्चाउने उनीहरुको मिसन फेल भएको कतिपयको बुझाई छ ।
भनिन्छ स्वास्थ्य क्षेत्र भनेको सबैभन्दा ठूला सेवा हो । तर, केही व्यक्तिहरुले यसलाई व्यापार गरिरहेका छन् । यसविरुद्ध डा. केसी आन्दोलनमा छन् र आठौं पटक अनसन बसिसकेका छन् । डा. केसीको यो आन्दोलनमा स्वास्थ्यमन्त्री केसीले सुरुमै ऐक्यबद्धता जनाएका थिए । कांग्रेसका युवा नेता समेत रहेका थापा आफै स्वास्थ्यमन्त्री भएपछि अहिले मेडिकल माफियाविरुद्ध लागिपरेका छन् ।

प्रकाशित मिति: ५ आश्विन २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्