कैलालीमा सुतेकै अवस्थामा एक प्रहरी जवान मृत फेला


 


धनगढी,बैशाख १७।

कैलालीमा सुतेकै अवस्थामा एक प्रहरी जवान मृत फेला परेका छन । जिल्लाको महोन्याल गाउँपालिका ४ खिमडीमा रहेको इलाका प्रहरी कार्यालयमा कार्यरत २९ बर्षीय प्रहरी जवान लोकेन्द्र बोहोरा ब्यारेकमै मृत फेला परेका हुन्।

अछामको पायल घर भएका बोहरा राति खाना खाएर सुतेका उनि बिहान उठाउन खोज्दा मृत फेला परेको प्रहरीले जनाएको छ ।

घट्नाको जानकारी पाएपछि ईलाका प्रहरी कार्यालय सुख्खडबाट निरीक्षक हरीशरण भट्टको नेतृत्वमा प्रहरी टोली घट्नास्थल पुगेको छ ।

प्रकाशित मिति: १७ बैशाख २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्