लक डाउनका कारण भारतको पिथौरागढमा अलपत्र परेका नेपालीहरु स्वदेश फर्कन पाउँदाको खुसी


 


बैतडी, १८ बैशाख ।  

लक डाउनका कारण भारतको पिथौरागढमा अलपत्र परेका नेपालीहरु स्वदेश फर्कन पाएपछि खुसी भएका छ । बैतडीको पुर्चौंडी नगरपालिका ३ का सल्लो पार्की नयाँ वर्ष अर्थात ‘बिसु’का लागि घर फर्कन पिथौरागढबाट एक महिनाअघि झुलाघाट पुगे पनि उनि  लकडाउनका कारण स्वदेश भने फर्कन पाएनन् ।

भारतीय क्वारेन्टाइनमा एक महिनाभन्दा बढी बसेपछि बिहीबार मातृभूमी टेक्न पाउदा  उनी निकै खुसी देखिएका थिए  । यस्तै उनि जस्तै बैतडीकै पुर्चौंडी ३ कै जोगे पार्की पनि एक महिना भारतीय क्वारेन्टाइन बसाइपछि स्वदेश फर्कन पाउँदा निकै हर्षित भएको बताएका हुन । रोजगारीका लागि भारतको पिथौरागढ पुगेको बझाङको बुंगल नगरपालिकाका हरिप्रसाद जोशी पनि बिहीबार झुलाघाट नाका भएर स्वदेश फर्किएका हुन  ।

भारतीय क्वारेन्टाइनमा बसेका नेपाली मजदुरहरुलाई एक महिना बढी भएपछि भारत र नेपालका स्थानीय प्रशासनहरुबीचको सहमति र केन्द्रीय सरकारहरुको मौखिक आदेशमा स्वदेश फर्काइएको प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताए ।

भारतसँग सीमा जोडिएको झुलाघाट नाकाबाट अहिले पनि मजदुर आउने क्रम जारी रहेको जनाएको छ ।बैतडीका नागरिकलाई सम्बन्धित पालिकाको क्वारेन्टाइनमा बस्ने गरी पठाइने प्रमुुख जिल्ला अधिकारी पौडेलले बताए । उनीहरुलाई १४ दिन क्वारेन्टाइनमा राखेपछि आरडीटी गरेर रिपोट नेगेटिभ आएमात्रै घर पठाइने स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए ।

प्रकाशित मिति: १८ बैशाख २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्