अछाम अस्पतालको आईसोलेसनमा भर्ना भएकी एक महिलाको मृत्यु



अछाम,बैशाख १८ । 

 जिल्ला अस्पताल अछामको आईसोलेसनमा राखिएकी एक महिलाको मृत्यु भएको छ  । जिल्लाको मंगलसेन नगरपालिका वडा नम्वर ५ की ५१ बर्षीय देवु सार्कीको मृत्यु भएको हो।

स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुंगानाका अनुसार  उनलाई केहि समय पहिले कोरोना भाईरसको आशंकामा अस्पतालको आईसोलेसनमा वार्डमा राखिएको थियो ।

बिहिबार बिहान उनको निधन भएको  हो । मृतकको  कोरोना भाईरसको आरडिटी परिक्षणको रिपोर्ट भने नेगेटिभ आएको अस्पतालले जनाएको छ ।

पिसिआर परिक्षणको लागि स्वाब संकलन गरेर सुर्खेत पठाईएको स्वास्थ्य प्रमुख ढुंगानाले जानकारी दिए। 

 

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2020 Deshko News