लकडाउन अवधिभर घरभाडामा छुट नदिए स्थानीय तहले कारवाही गर्ने



काठमाडौं, बैशाख १९
लकडाउनका कारण समस्यामा परेका डेरावाललाई भाडा मागेर तनाव नदिन सरकारले आग्रह गरेको छ । बिहीबार मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सूचना तथा सञ्चारमन्त्री डा.युवराज खतिवडाले यस्ताे आग्रह गरेका हुन् । उनले विपतको बेला आर्थिक आयस्रोत गुमाएका भाडावालाहरुसँग घरभाडा नमाग्न घरधनीहरुलाई आग्रह गर्नुका साथै संयमता अपनाउनु पर्ने समय रहेकाे बताए।

सरकारले घरधनीलाई लकडाउन अवधिभर भाडा नमाग्न र पछि वातावरण सहज भएपछि माग्न अनुरोध गरेको हो । कोभिड–१९ को विषम परिस्थितिसँग जुधिरहेकाहरुका लागि आर्थिक प्याकेज ल्याएको सरकारले एक महिनाको घरभाडाको छुट दिन समेत संबन्धित घरधनीहरुलाई अपिल गरेको छ ।

यदि त्यसो नभएमा सरकारले कडाइका साथ अनुगमन गर्ने र आवश्यक परे कारबाही समेत अगाडि बढाउने जनाएको छ । यसको जिम्मा स्थानीय तहलाई दिने निर्णय सरकारले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News