महिलालाई बलात्कार गर्न खोजेको आरोपमा कैलालीमा श्रीमान र जेठाजु पक्राउ



कैलाली,बैशाख २० ।

महिलालाई बलात्कार गर्न खोजेको आरोपमा कैलालीमा श्रीमान र जेठाजु पक्राउ परेका छन् । जिल्लाको गौरीगंगा नगरपालिकाकी १६ बर्षीय युवतीमाथि जवरजस्तीकरणी गर्न खोजेको भन्दै उनका १७ बर्षीय श्रीमान र जेठाजु पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

१ बर्ष पहिले किशोरीको मागी बिबाह भएको थियो । दाजु भाइ मिलि बलात्कार गर्न खोजेको भन्दै प्रहरीलाई उजुरी आएपछि दुबै जनालाई पक्राउ गरिएको निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक दक्ष बस्नेतले जानकारी दिए ।

१६ गते प्रहरीलाइ उजुरी आएपछि महिलालाई सेफ हाउसमा राखिएको थियोझ उनेले भने, ञकोरोनाको त्रासका कारण दुबैजनालाई परिवारको जिम्मा लगाइएको हो ।

युवती र उनका माईती पक्षले जवरजस्तीकरणी उद्योगमा मुद्धा दिएपछि दुबै जनालाई पुन पक्राउ गरि जिल्ला ल्याइएको उनले बताए। उनिहरुको आइतबार म्याद थप गरिने उनले जानकारी दिए ।

यसैबीच सोही मुद्धा मिलाइदिन्छु भन्दै ५० हजार घुस लिने सामुदायिक वनका अध्यक्ष पनि पक्राउ परेका छन्।

 

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2020 Deshko News