क्वारेन्टाइनमा लैजाँदै गर्दा वृद्धको मृत्यु, स्वाव परीक्षण गरिने


 


बैतडी,बैशाख २० ।

बैतडीमा भारतबाट फर्किएर क्वारेन्टाईनमा जादै गरेका बृद्धको मृत्यु भएको छ।मृत्यु हुनेमा जिल्लाको पुरचौडी नगरपालिका – ७ का ६७ वर्षीय जुने लोहार रहेको प्रहरीले जनाएको छ ।

उनको क्वारेन्टाईनमा राख्न लैजानेक्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।मृतक लोहारको कोरोनाको आशंकामा थ्रोट स्वावको नमूना परीक्षणका लागि संकलन गरिने जनाएको छ ।

उनको शव दाहसंस्कारका लागि सावधानी पूर्वक परिवारजनलाई दिइने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश प्रसाद भट्टले बताए । यही वैशाख १८ गते झुलाघाट र धार्चुला नाकाबाट २ हजार ६९५ नेपाली स्वदेश फर्किएका थिए।

प्रकाशित मिति: २० बैशाख २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्