राष्ट्रपति भण्डारीद्वारा संसद अधिवेशनकाे आह्वान



काठमाडौंं, बैशाख २१
राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनलाइ बजेट अधिवेशनकाे आह्वान गरेकी छन् । राष्ट्रपति भण्डारीले संघीय संसद सचिवालयका महासचिवलाई पत्र लेख्दै वैशाख २६ गते शुक्रबार दिन ४ बजे संघीय संसदका दुवै सदको अधिवेशन आह्वान गरिएको जानकारी दिएकी हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ९३ को उपधारा (१) बमोजिम संघीय संसदका दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा)को अधिवेशन आह्वान गरिएको जनाएकी हुन् ।

संविधानमा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले संघीय संसदको अधिवेशन बोलाउने व्यवस्था छ । आइतबार दिउँसो बसेको मन्त्रिपरिषद बैठकले वैशाख २६ गते संसदको बजेट अधिवेशन आह्वानका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News