भारतसँग पछि नहट्न पाकिस्तानी सेनाले पाए आदेश


 


rahul-sharif-pakistan

एजेन्सी । कश्मिर आक्रमणपछि भारतले गरिरहेको तयारीलाई लिएर पाकिस्तानले पनि तयारी थालेको छ ।

एउटा प्रतिवेदन अनुसार पाकिस्तानका प्रधानमन्त्री नवाज शरीफले आफ्नो सेना प्रमुख राहील शरीफ लाई भारत सँगको कुनै पनि कारवाहीका लागि पछि नहट्न आदेश दिएका छन् ।

इस्लामावादबाट देशको उत्तरी क्षेत्रमा हुने सबै प्रकारका फ्लाइट रद्य गरिएको छन् । एयरफोर्सलाई पनि स्ट्याण्डबाइमा राखिएको छ ।
केही सडकहरुपनि खाली गरिएका छन् । आपतकालीन स्थितिमा यि सडकहरुमा वायु सेनाका जेट उत्रन सक्छन् , वा उडान गर्न सक्छन् ।
उता संयुक्त राष्ट्र आम सभामा आफ्नो भाषण दिन पाकिस्तानी प्रधामन्त्री नवाज शरीफ गइरहेका छन् । उता उनले कुन किसिमको भाषण दिने भन्ने कुरामा भारतले गहिरिएर हेर्ने बताइएको छ ।

नवाज शरीफले आफ्नो भाषण भन्दा पहिले आफ्ना सेना प्रमुख राहील शरीफ सँग कुरा गरिसकेका छन् । दुबै जनाले भारत सँगको आवस्थाको लागि तैनाथ रहने बारे कुरा गरेको बताइएको छ ।

रेडियो पाकिस्तानले ट्वीटर मार्फत पीएम नवाज शरीफ ले कश्मिरको विषय प्रमुखता सँग उठाउने बताएको छ ।
नवाज शरीफको भाषण पछि भारतको तर्फबाट विदेश मन्त्री सुष्मा स्वराज ले पनि भाषण दिने र उनले पनि कश्मिर घटनालाई प्रमुखता सँग नै उठाउने भारतीय मिडियाहरुले लेखेका छन् । यस्तो आवस्थामा दुबै देशको स्थ्तिि तनावपूर्ण हुने पक्का पक्की जस्तै भएकोछ ।

प्रकाशित मिति: ५ आश्विन २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्